उत्पादन योजना (Production Plan)

उत्पादन योजना बनाउँदा उपज उत्पादनको तरिका र प्रक्रिया, आवश्यक पर्ने कच्चा पदार्थको स्रोत र लाग्ने खर्च, आवश्यक जनशक्ति र अन्य उत्पादन सामग्रीहरूको बारेमा ध्यान पु¥याउनु पर्दछ । वास्तवमा उत्पादन योजना तर्जुमामा उत्पादन प्रक्रियामा आवश्यक उत्पादन सामग्रीहरू र तिनको उपयोगको विस्तृत विवरण तयार गरिन्छ । यसको अलावा उत्पादन योजनाले कस्ता प्रकारका औजार/उपकरण आवश्यक पर्छन्, उत्पादन प्रक्रियामा कति जनशक्ति लाग्ने छन्, साथै कुन गुणस्तरको कति सामग्रीको आवश्यकता पर्नेछ भन्ने बारेमा समेत जानकारी प्रदान गर्दछ । उत्पादन योजनाकै आधारमा उद्यमीले स्थिर सम्पत्ति अर्थात पूँजीगत लगानीको आवश्यकता बारे विश्लेषण गर्दछन् । यदि सम्भव छ भने उद्यमीले उत्पादन प्रक्रियालाई बिस्तारमा उल्लेख गर्नु पर्छ । यदि यसो गर्न सम्भव नभए उत्पादन प्रक्रियाको प्रत्येक खुड्किला (step) उल्लेख गर्नु पर्छ । यस बाहेक उत्पादन योजना अन्र्तगत कार्य सञ्चालन चार्ट (Operational Chart) बनाउनु उपयुक्त हुन्छ ।