बजार योजना (Marketing Plan)

व्यवसायीले नियमित रूपमा बजार अध्ययन गर्नु अति आवश्यक हुन्छ । बजार अध्ययनको मूल उद्देश्य उत्पादन गरिने वस्तुको माग र उपभोक्ताहरूको रूचि थाहा पाउनु हो । बजार अध्ययनको आधारमा के कस्तो वस्तु उत्पादन गर्ने हो भन्ने निर्णयमा पुगिन्छ । उक्त वस्तुको रङ्ग, आकार–प्रकार, तौल, स्वाद के कस्तो हुने एवं उत्पादित वस्तुको उपयोग कसरी गरिने हो आदि बारेमा निक्र्यौल गरी योजना बनाइन्छ । यसका अतिरिक्त, उत्पादन गरेका वस्तुको गुणस्तर, आकार प्रकार, मूल्य एवं उपभोक्ता तथा व्यापारीहरूलाई दिइने सुविधाहरूमा के कस्तो अन्तर छन् भन्ने बारेमा पनि बजार योजनामा उल्लेख गर्नु पर्छ । यसै गरी, उत्पादित वस्तुको बिक्री वितरणका तह एवं माध्यमहरू, लक्षित बजार तथा उपभोक्ताहरू, बजार प्रवद्र्धनका उपायहरू र बजार प्रतिस्पर्धाका रणनीतिहरू आदि पक्षहरूलाई विचार गरी बजार रणनीति पनि उल्लेख गर्नु आवश्यक हुन्छ । बजार योजनाको सन्दर्भमा तरकारी खेती व्यवसायको अमूक स्थानको वस्तु स्थितिको एउटा उदाहरण लिउँ । उक्त स्थानमा मुख्य बजार स्थानीय बजार रहेको छ, जहाँ खुद्रा बिक्रेता मार्फत् उपभोक्ताहरूले खरिद गर्छन् । कृषकहरूको उपभोक्तासँग प्रत्यक्ष सम्पर्क छैन ।