खर्च योजना (Investment/Expenditure Plan)

उत्पादन प्रक्रियामा विभिन्न चरणहरूमा विभिन्न प्रकारका लागतहरू लाग्ने गर्दछन् । कृषक/उद्यमीले प्रत्येक चरणमा लाग्ने त्यस्ता लागतहरू बारे राम्ररी बझ्नु जरूरी हुन्छ । वास्तविक लागत अनुमानको आधारमा नै खर्च योजना बनाउनु पर्ने हुन्छ । खर्च योजनाले उत्पादन सामग्रीहरूको परिमाण र अन्य शिरोभार खर्चहरू (Overhead Costs) को आधारमा लाग्ने लागतको फेहरिस्तलाई बुझाउँछ । खर्च योजनामा प्रति इकाई उत्पादन लागत तथा अन्य प्रत्यक्ष, अप्रत्यक्ष लागतहरू एवं स्थिर र परिवर्तनशील लागतहरूको समेत गणना गर्नु पर्दछ । मूलतः खर्च योजना तयार गर्दा कृषक÷उद्यमीले उत्पादन सामग्री, कच्चा पदार्थ, श्रममा लाग्ने खर्च र अन्य शिरोभार खर्चहरूलाई समावेश गरी लागत गणना गर्नु पर्दछ । स्थिर सम्पत्ति र पुँजी
यिनीहरू दीर्घकालिन सम्पत्तिहरू हुन् । धेरै वर्षसम्म प्रयोग गर्नको लागि यी सम्पत्तिहरूको खरिद गरिन्छ । स्थिर सम्पत्तिहरूले फार्मको लाभ प्रदता (Profitability) को आधार प्रदान गर्दछन् । नगद आवश्यकता पूर्ति गर्नका लागि यस प्रकारको सम्पत्तिलाई नगदमा परिवर्तन गर्न गा¥हो हुन्छ । स्थिर सम्पत्तिको बिक्रीले फार्म सञ्चालनमा गम्भिर असर पु¥याउन सक्छ । स्थिर सम्पत्तिमा मूख्यतयाः भवन, जमिन, पशुवस्तु, मेशिनरी र लामो समय फल दिने बाली (Tree crops) हरू पर्दछन् ।